दफा ४२
अघि भै सकेको काम कारबाही यसै ऐन अन्तर्गत भएको मानिने
 यो ऐन प्रारम्भ हुनु भन्दा अघि प्रचलित कानून बमोजिम विभागबाट अनुसन्धान तथा तहकिकात भै दायर हुन बाँकी रहेका मुद्दाहरु समेत यसै ऐन बमोजिम अनुसन्धान तथा तहकिकात भएको मानी उक्त मुद्दाहरु समेत यसै ऐन अन्तर्गत दायर गरिनेछन्।